फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ छनोटको प्रारम्भिक चरणको तयारीस्वरूप नेपालले म्यानमारसँग सेप्टेम्बर ८ र ११ मा दुई मैत्रीपूर्ण खेल खेल्दैछ।
काठमाडौँ– म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली फुटबल टोली घोषणा भएको छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जव अल्बर्टो एनिसले आइतबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्। फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ छनोटको प्रारम्भिक चरणको तयारीस्वरूप नेपालले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
उक्त मैत्रीपूर्ण खेल म्यानमारको रंगुनमा सेप्टेम्बर ८ र ११ मा हुने छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार यी दुई मैत्रीपूर्ण खेल फिफा विन्डोअन्तर्गत खेल्न लागिएको हो। टोलीमा नियमित गोलरक्षक किरण लिम्बुसँगै दीप कार्की र अभिषेक बरालले स्थान बनाएका छन्।
यस्तै, डिफेन्डरमा एनिसले सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष गुरुङ, छिरिङ लामा र अन्जन राईलाई निरन्तरता दिएका छन्। नेपालको मिडफिल्ड भने एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, कृतिशरत्न छुन्जु र उत्सव राईले सम्हाल्ने छन्। उमेर समूहमा राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका कृतिश पहिलोपटक सिनियर टोलीमा परेका हुन्। यता, मछिन्द्र क्लबबाट खेल्दै आएका उत्सव भने एएफसी कपअन्तर्गत भुटानको पारो एफसीसँगको खेलमा गरेको प्रदर्शनका आधारमा राष्ट्रिय टोलीमा परेका हुन्।
नेपालको फरवार्ड लाइन आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजंग कार्की, दिनेश हेन्जन र हिसुब थपलियाले सम्हाल्ने छन्। जावलाखेलबाट खेल्दै आएका हिसुब पहिलोपटक टोलीमा परेका हुन्।
प्रारम्भिक टोलीबाट फरवार्ड विमल घर्तीमगर, गोलरक्षक अनिष देउला, डिफेन्डर विमल पाण्डे, देवेन्द्र तामाङ, सीमान्त थापा र एन्जल महर्जन, मिडफिल्डर कुशल फुयाँल र विशाल तामाङ बाहिरिएका छन्।
नेपालले विश्वकप तथा एशिया कप छनोटको प्रारम्भिक चरणमा लाओसको सामना गर्दैछ। उक्त खेल अक्टोबर १२ र १७ मा हुने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
