अमेरिकी सिनेटर होलेनले एमाले अध्यक्ष ओलीसँगको भेटवार्ताका क्रममा शान्तिप्रक्रियाको बाँकी काम र अमेरिकी सहयोग परियोजना एमसीसीबारे चासो व्यक्त गरेका छन्।
काठमाडौँ– नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकी सिनेटर क्रिस भान होलेनले शिष्टाचार भेटवार्ता गरेका छन्। आइतबार सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा अध्यक्ष ओली र सिनेटर होलेनबीच शिष्टाचार भेटवार्ता भएको हो।
नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर होलेनले अध्यक्ष ओलीसँगको भेटवार्ताका क्रममा शान्तिप्रक्रियाको बाँकी काम र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे चासो व्यक्त गरेका थिए। भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले संसदीय दलका उपनेता एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भेटमा दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भएको बताए।
उनले नेपालको शान्तिप्रक्रियाका बारेमा सिनेटर होलेनले राखेको जिज्ञासामा अध्यक्ष ओलीले आफू सरकारमा रहँदा नै शान्तिप्रक्रिया टुंगोमा पुर्याउन पहल गरेको र अहिले पनि अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्च अदालतको फैसला, शान्तिप्रक्रिया पीडितमैत्री हुने गरी टुंगोमा पुग्नुपर्छ भन्ने कुरालाई ध्यानमा राखेर अघि बढ्ने बताएको जानकारी दिए।
उपाध्यक्ष नेम्वाङले भेटमा सिनेटर होलेनले अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसी नेपालले अनुमोदन गरेर कार्यान्वयन गर्न शुरू गरेकोमा खुशी लागेको बताएको जानकारी गराए।
“एमसीसीको सन्दर्भ आएको छ। एमसीसी नेपालले अनुमोदन गरेको छ भन्ने उहाँको भनाइ थियो। नेपालले एमसीसी अनुमोदन गरेर कार्यान्वयनसमेत गर्नलाई अघि बढिरहेको कुराले आफूहरू यसलाई लिएर सकारात्मक भएको र खुशी भएको कुरा राख्नुभयो,” उनले भने।
सिनेटर होलेन गत शुक्रबार नेपाल आएका थिए। उनी अमेरिकी संसद्को विदेश सम्बन्ध समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
