पुरस्कृत हुनेहरूमा सात जना महिला स्रष्टा छन् भने सातवटै प्रदेशको प्रतिनिधित्व रहेको समाजले जनाएको छ।
काठमाडौँ– मानवअधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारमार्फत १५ जना स्रष्टालाई सम्मानित गर्ने भएको छ।
आइतबार महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान स्रष्टा राजेश्वर नेपाली धनुषालाई प्रदान गर्ने निर्णय गरेको हो। प्रेस स्वतन्त्रता सेनानी, लोकतन्त्र र स्वतन्त्रताका पक्षमा विशिष्ट योगदान गरेका राजेश्वर नेपालीको गत ११ गते निधन भएको थियो। उनको निधनअघि उनलाई यो सम्मान दिने प्रक्रिया अघि बढाइएको समाजले जनाएको छ।
यसैगरी, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान जनकपुरका प्राडा. राजेन्द्र विमल, राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान गुल्मीका डा. रामप्रसाद ज्ञवाली, कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान काठमाडौँका सुलोचना मानन्धर, ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान दाङका डा. कृष्णराज चौधरी सर्वहारी, पवित्रादेवी चौलागाईं मानवअधिकार स्रष्टा सम्मान पाल्पाकी प्राडा. सावित्री कक्षपती र मानबहादुर रावल वातावरण स्रष्टा सम्मान अर्घाखाँचीका प्रा. नवराज पाण्डेयलाई प्रदान गर्ने निर्णय समाजले गरेको छ।
यसैगरी, जोगमाया बराल स्रष्टा सौगात मकवानपुरका मुकुन्द आचार्य, भूमिप्रसाद बराल स्रष्टा सौगात काठमाडौँका बाजुराम पौडेल, जनककुमारी रेग्मी स्रष्टा सौगात ललितपुरकी कमलादेवी हेमचुरी, श्रीप्रसाद दाहाल स्रष्टा सौगात स्याङ्जाकी लीला राना, राधादेवी दाहाल स्रष्टा सौगात पाँचथरका मधुराज केरुङ, श्रीनारायण दाहाल स्रष्टा सौगात लुम्लाकी मधु शाही बस्नेत, पद्यप्रसाद दाहाल स्रष्टा सौगात कपिलवस्तुकी हंसावती कुर्मी र गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात कञ्चनपुर मधु हमाल (बालकुमारी)लाई प्रदान गर्ने निर्णय गरिएको छ।
पुरस्कृत हुनेहरूमा सात जना महिला स्रष्टा छन् भने सातवटै प्रदेशको प्रतिनिधित्व रहेको समाजले जनाएको छ। पुरस्कृत स्रष्टाहरूले मानवअधिकार, शान्ति, लोकतन्त्र र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुका साथै नेपालीका अतिरिक्त मैथिली, भोजपुरी, संस्कृत, नेवारी, थारू, अवधि, मगर, र लिम्बू गरी आठ भाषामा विशेष योगदान गरेका छन्।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको सेरोफेरोमा २०८० कात्तिक अन्तिम साता कार्यक्रम आयोजना गरी जनही २० हजार पुरस्कार राशिसहित पुरस्कृत स्रष्टाहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। स्रष्टा सम्मान अभियानअन्तर्गत शान्ति समाजले स्रष्टाहरूलाई पुरस्कृत गर्न थालेको यो चौथो वर्ष हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
