पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले शेयरको मूल्य घटेपछि मार्जिन कल बढ्ने भएकाले राष्ट्र बैंकले समयमै ध्यान दिन सके पुँजी बजारमा सुधार आउने र अर्थतन्त्र पनि चलायमान हुने बताए।
काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले जनगुनासो आउने ठाउँमा बिजुली दिएर उद्योगक्षेत्रमा लोडसेडिङ गरिरहेको आरोप लगाएका छन्।
आइतबार नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘आर्थिक क्षेत्रका विद्यमान समस्या र चुनौती’ विषयक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले उद्योग बिस्तार गर्न विद्युत् सरकारले दिनुपर्नेमा उद्योगहरूमा दैनिक १६–१७ घण्टा लोडसेडिङ गर्ने काम गरिरहेको बताएका हुन्।
उनले सरकारले उद्योग व्यवसायी बिस्तार गर्नका लागि विद्युत् सहज रूपमा उपलब्ध गराएर उद्योगक्षेत्रमा लोडसेडिङ अन्त्य गर्न आवश्यक रहेको बताए। उनले जनगुनासो आउने ठाउँलाई प्राथमिकतामा राखेर विद्युत् दिँदा लोडसेडिङको मारमा उद्योगहरू परेको बताउँदै यस्तो समस्या चाँडै समाधान गर्न सरकारसँग आग्रह गरे।
उनले शेयर बजारको १२ करोडको सीमा हटाएर कुल कर्जाको १० वा त्योभन्दा तल यति प्रतिशत भनेर तोकी दिनुपर्न आग्रह गरे। उनले शेयरको मूल्य घटेपछि मार्जिन कल बढ्ने भएकाले राष्ट्र बैंकले समयमै ध्यान दिन सके पुँजी बजारमा सुधार आउने र अर्थतन्त्र पनि चलायमान हुने बताए।
उनले विश्वका कुनै पनि ठूला व्यवसायीहरूले जेल गएर बस्नुपर्ने अवस्था नभएको तर सरकारले नेपालका ठूला व्यवसायीलाई हिरासतमा लिएको भन्दै असन्तुष्टि जनाए। उनले व्यवसायी मीनबहादुर श्रेष्ठलाई जेलमा हालेर मुद्दा चलाएको भन्दै २८ वटा भाटभटेनी भएको घर बोकेर श्रेष्ठ विदेश नजाने टिप्पणी गरे। व्यवसायीले गल्ती गरेको भए हाजिरीमा मुद्दा लड्न पाउनुपर्ने उनको भनाइ थियो। उनले सरकारले व्यवसायीहरूलाई जेल हाल्दा अन्य व्यवसायीहरूलाई हतोत्साहित गर्ने र विदेश पलायन हुनको लागि प्रोत्साहन मिल्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
