टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ३४ रन बनाएको थियो।
काठमाडाैँ– एशिया कप क्रिकेटअन्तर्गत आइतबार पाकिस्तानकाे लाहाेरमा भएकाे खेलमा बंगलादेशले अफगानिस्तानलाई ८९ रनले हराएकाे छ। जितसँगै समूह 'बी'बाट बंगलादेश नेट रनरेटको कारण शीर्ष दुईमा रहँदै 'सुपर फोर' खेल्ने पक्का भएको छ।
३ सय ३५ रनको लक्ष्य पाएको अफगानिस्तान ४४.३ ओभरमा २ सय ४५ रन बनाउँदै अल आउट भयो। अफगानिस्तानका इब्राहिम जद्रानले ७५ रन र कप्तान हश्मातुल्लाह शाहिदीले ५१ रनको अर्धशतकीय पारी खेले। रहमात शाहले ३३, नाजिबुल्लाह जद्रान १७ र गुलबादिन नाइबले १५ रन बनाए। बंगलादेशका तस्किन टाक्सिन अहमदले ४, शोरिफुल इस्लामले ३ तथा हसन महम्मद र मेहेदी हसन मिराजले एक/एक विकेट लिए।
टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ३४ रन बनाएको थियो। बंगलादेशका लागि मेहेदी हसन मिराज र नाज्मुल हसन शान्टोले शतकीय पारी खेल्दै मिराजले १ सय १२ रन र शान्टोले १ सय ४ रन बनाए। कप्तान सकिब अल हसनले ३२, मोहम्मद नइमले २८, मुश्फिकुर रहीले २५ र शमिम हसैनले ११ रन बनाए ।
अफगानिस्तानका मुजिब उर रहमान र गुलबदीन नाइबले एक/एक विकेट लिए । समूह 'बी'मा बंगलादेशले २ खेलमा १ मा जित र १ मा हारसहित २ अङ्ककासाथ दोस्रो स्थानमा रहँदै सुपर फोरमा स्थान पक्का गराएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
