करिब एक हजार ८०० मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ।
ताप्लेजुङ– नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौँ–सुकेटार उडान शुरू गरेको छ।
खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौँ–सुकेटार उडान हुन सकेको थिएन। मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान शुरू भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले बताए।
लामो समयपछि भएको उडानमार्फत काठमाडौँबाट ६ यात्री ताप्लेजुङ आएका छन् भने एक जना यात्री काठमाडाैँ गएका छन्। पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान हुने उनले बताए। करिब एक हजार ८०० मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ।
यसअघिको तुलनामा उडानको भाडा दरसमेत घटाइएको छ। काठमाडाैँ–ताप्लेजुङको भाडा यसअघि ९ हजार ६५३ रुपैयाँ थियो भने हाल घटाएर ८ हजार ६०० कायम गरिएको छ । यस्तै ताप्लेजुङ–काठमाडौँको भाडा यसअघि ९ नौ हजार ४५३ रुपैयाँ भएकोमा यसलाई घटाएर ८ हजार ४०० मा झारिएको छ।
मौसममा क्रमशः सुधार आएको र चाडबाड नजिकिएकाले नियमितरुपमा उडान हुने विमानस्थलको विश्वास छ। यस्तै पर्यटनको समेत सिजन लागेकाले यात्रुको अभावसमेत नहुने अनुमान गरिएको विमानस्थलले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
