भारतविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, आरिफको स्थानमा भीमलाई मौका

नेपालले भारतविरुद्धको खेलमा एक परिवर्तन गरेको छ। पाकिस्तानविरुद्धको खेलमा टिममा रहेका आरिफ शेखको स्थानमा भीम सार्कीले मौका पाएका छन्।

काठमाडौँ– एशिया कपकाे सोमबारको खेलमा नेपालले भारतसँग खेल्दै छ। श्रीलंकाकाे केन्डीस्थित पाल्लेकेले रंगशालामा भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको छ। 

नेपालले सोमबारको खेलमा एक परिवर्तन गरेको छ। पाकिस्तानविरुद्धको खेलमा टिममा रहेका आरिफ शेखको स्थानमा भीम सार्कीले मौका पाएका छन्।

नेपाली खेलाडीमा आशिफ शेख, कुशल भुर्तेल, कप्तान रोहित कुमार पौडेल भीम सार्की, दीपेन्द्र सिंह ऐरी कुशल मल्ल गुल्सन झा सोमपाल कामी करण केसी सन्दीप लामिछाने र ललितनारायण राजवंशी रहेका छन्।

एशिया कपमा पहिला पटक सहभागी भएको नेपालले १४ पटक सहभागिता जनाइसकेको भारतसँग खेल्न गइरहेको हो। आईसीसीको पछिल्लो एकदिवसीय वरीयतामा भारत तेस्रो स्थानमा छ भने नेपाल १५औँ स्थानमा छ। पहिलो स्थानमा पाकिस्तान छ।

गएको बुधबार पाकिस्तानको मुल्तानमा भएको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो। यस्तै, शनिबार भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्द भएको थियो।