राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले संविधानअनुसार बन्न बाँकी कानूनहरूको तर्जुमा गरी प्राथमिकताको आधारमा संसद्मा पेश गर्न सरकारलाई निर्देशन दिएका हुन्।
काठमाडौँ– राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार बन्न बाँकी कानूनहरूको तर्जुमा गरी प्राथमिकताको आधारमा संसद्मा पेश गर्न सरकारलाई निर्देशन दिएका छन्। सोमबारको राष्ट्रियसभा बैठकबाट अध्यक्ष तिमिल्सिनाले संविधानअनुसार बन्न बाँकी कानूनहरूको तर्जुमा गरी प्राथमिकताको आधारमा संसद्मा पेश गर्न सरकारलाई निर्देशन दिएका हुन्।
उनले ‘संविधानअनुसार बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन २०८०’ मा उल्लेखित सुझावहरूलाई कार्यान्वयन गर्न पनि सरकारलाई निर्देशन दिए। उनले सुशासन कायम गर्न र संघीयताको कार्यान्वयन प्रभावकारी रूपमा गर्न कानून निर्माण गर्नुपर्ने बताए।
“सुव्यवस्थित रूपमा राज्य सञ्चालन गरी सुशासन कायम गर्न, संघीयताको कार्यान्वयन प्रभावकारी रूपमा गर्न, कानूनी रिक्तता पूरा गर्न साथै संविधानको कार्यान्वयनलाई समेत पूर्णता दिन संविधानअनुसार बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन २०८० मा उल्लेखित बन्न बाँकी कानूनहरूको तर्जुमा गरी प्राथमिकताको आधारमा संसद्मा पेस गर्न तथा उक्त प्रतिवेदनमा समावेश भएका अन्य सुझावहरू समेत कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन गर्दछु,” उनले भने। उनले सरकारले राष्ट्रियसभाको निर्देशनलाई गम्भीरतापूर्वक पालना गर्ने विश्वास लिएको बताए।
राष्ट्रियसभाको बैठकमा अध्ययन प्रतिवदन सर्वसम्मत रूपमा स्वीकृत भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदले उठाएका प्रश्नको जवाफ दिएका थिए। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकार संविधान अनुकूल बनाउनुपर्ने कानून बनाउने कार्यमा अग्रसर रहेको बताए। विगतमा विविध कारणले संविधान कार्यान्वयनका लागि आवश्यक कानूनहरू बन्नमा ढिलाइ भएको स्वीकार गर्दै उनले एक एक गरी विधेयकहरू संसद्मा ल्याउने प्रतिबद्धता जनाए।
प्रधानमन्त्री दाहालको जवाफपछि राष्ट्रियसभाका अध्यक्ष तिमिल्सनाले प्रतिवेदन कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउँदै एक सातापछि बस्ने गरी बैठक स्थगित गरे। राष्ट्रियसभाको अर्को बैठक भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
