कुवेतले दिएको २०२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन मात्रै बनाउन सक्यो।
काठमाडौँ– खुर्रम शहजादको शतकप्रेरित पाहुना टोली कुवेत (कुवेत बादशाह क्रिकेट क्लब)ले भेट्रान्स टी–२० सिरिज जितेको छ।
सोमबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा नेपाललाई २७ रनले पराजित गर्दै कुवेतले २–१ ले सिरिज जितेको हो। नेपाल पहिलो खेलमा कुवेतसँग ४ विकेटले पराजित भएको थियो। यस्तै, दोस्रो खेलमा भने नेपालले कुवेतमाथि ४३ रनको जित निकाल्दै सिरिजमा कमब्याक गरेको थियो।
कुवेतले दिएको २०२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन मात्रै बनाउन सक्यो।
नेपालका ओपनर कृतार्थ शाक्यले ४१ बलमा सर्वाधिक ६३ रन प्रहार गरे। दीपेन्द्र चौधरीले ३४ बलमा ५५ रन बनाए भने युनिल श्रेष्ठले १५ रन बनाए। नेपालका राजु बस्न्यात ९ र विकास सिंह २ रनमा अविजित रहे। नेपालका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।
कुवेतका जम्शेद अजमद र नइम शाहिदले २/२ विकेट लिए। विजय कुमारको नाममा १ विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २०१ रन बनाएको थियो।
कुवेतका लागि खुर्रम शहजादले ४६ बलमा १०९ रनको शतकीय इनिङ्स खेले। यस्तै, ओपनर अदित्थ कुमार ३७ र समिर भट्टी १६ रनमा आउट हुँदा नइम शाहिद १४ रनमा अविजित रहे।
नेपालका किरण राणा र विकास सिंहले ३/३ विकेट लिए। रिकेश लामाले २ विकेट लिँदा उदायबहादुर लामाको हातमा १ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
