एशिया कप छनोटअन्तर्गत भारतविरुद्ध जारी खेलमा अहिले नेपालका गुलसन झा र आशिफ शेख क्रिजमा छन्।
काठमाडौँ– एशिया कप छनोटअन्तर्गत भारतविरुद्ध जारी खेलमा नेपालले १०० रन कटाएको छ। श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट रंगशालामा भइरहेको खेलमा नेपालले २१.५ ओभरमा १०१ रन बनाएको हो।
नेपालले १०० रन पार गर्दैगर्दा गर्दा चार विकेट गुमाएको छ। नेपालले चौथो विकेटका रूपमा कुशल मल्ललाई गमायो। मल्ल पाँच बलमा दुई रन बनाएर आउट भए।
त्यसअघि तेस्रो विकटको रूपमा नेपालले कप्तान रोहितकुमार पौडेललाई गुमायो। रोहित आठ बलमा पाँच रन बनाएर आउट भए। उनी १९.६ ओभरमा रवीन्द्र जडेजाको बलमा आउट भएका हुन्।
दोस्रो विकेटका रूपमा भीम सार्कीलाई गुमाएको थियो। सार्कीले १७ बलमा ७ रन बनाएर आउट भए।
त्यसअघि नेपालले ९.५ ओभरमा पहिलो विकेट गुमाएको थियो। नेपालका शुरूआती व्याट्सम्यान कुशल भुर्तेल ३८ रनमा आउट भए। उनले दुई छक्का र तीन चौका प्रहार गरेका थिए।
अहिले नेपालका गुलसन झा र आशिफ शेख क्रिजमा छन्।
नेपालले सोमबारको खेलमा एक परिवर्तन गरेको थियो। पाकिस्तानविरुद्धको खेलमा टिममा रहेका आरिफ शेखको स्थानमा भीम सार्कीले मौका पाएका थिए। गएको बुधबार पाकिस्तानको मुल्तानमा भएको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
