एशिया कप : भारतविरुद्ध आशिफ शेखले पूरा गरे अर्धशतक

नेपाली ओपनर आशिफ शेखले ५८ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले अर्धशतक पूरा गर्नेक्रममा ७ चौका प्रहार गरे।

काठमाडौँ– नेपाली ओपनर आशिफ शेखले एशिया कप छनोटअन्तर्गत भारतविरुद्ध अर्धशतक पूरा गरेका छन्। 

पाल्लकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर नेपालले ब्याटिङ गरिरहेको छ। शेखले ५८ बलमा अर्धशतक पूरा गरेका हुन्।

उनले अर्धशतक पूरा गर्नेक्रममा ७ चौका प्रहार गरे। शेखले त्यसअघि जीवनदान पाएका थिए। कभरमा प्रहार गरेको सर्ट विराट कोहलीले क्याच छाड्न पुगेका थिए।

चार विकेट गुमाएको नेपालले २९.४ औभरमा १३२ रन बनाएर खेलिरहेको छ। नेपालले पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएको थियो। त्यसपछि भीम सार्की, कप्तान रोहित पौडेल आउट भए। अहिले शुरूआती ब्याट्सम्यान आशिफ शेख र गुलसन झा क्रिजमा छन्।