एमाले सचेतक बर्तौलाले चीनले नयाँ नक्सामा नेपालको नक्सा पनि समेट्दा पुरानैलाई मान्यता दिनु दुःखद भएको बताए। उनले सरकारले कूटनीतिक माध्यमबाट सच्याउनका लागि पहल गर्नुपर्ने बताए।
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले चीनलाई तत्काल नेपालको नयाँ नक्सा (चुच्चे नक्सा)लाई मान्यता दिन कूटनीतिक नोट पठाउनुपर्ने बताएको छ। एमालेका सचेतक महेश बर्ताैलाले चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा नेपालको पुरानै नक्सा राखेकाले सरकारले त्यसलाई तत्काल सच्याउनका लागि चीन सरकारलाई सोबारे कूटनीतिक नोट तत्काल पठाउनुपर्ने बताएका हुन्।
“जहाँसम्म चीनले नेपालको नक्सा पनि छेउमा राख्दै गर्दा चुच्चे नक्सा गायब गरेर राख्यो। यस सन्दर्भमा नेपाल सरकारले अविलम्ब चाइनाको सरकारलाई यस विषयमा उसले कूटनीतिक नोट पठाओस्। यसमा अविलम्ब प्रश्न गरोस्। अविलम्ब सरकारले चाइनाको सरकारसँग समन्वय गरेर यो विषयलाई चाँडो हल गरोस्,” सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले भने, “किनभने लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूभाग हो कुनै देशलाई हो वा होइन भन्ने अधिकार छैन।”
सचेतक बर्तौलाले चीनले नेपालको नक्सा पनि समेट्दा पुरानै नक्सालाई मान्यता दिनु दुःखद भएको बताए। उनले सरकारले कूटनीतिक माध्यमबाट सच्याउनका लागि पहल गर्नुपर्ने बताए। उनले एमाले आफ्नो एक इन्च भूमि छोड्ने पक्षमा नरहेको दोहोर्याए। उनले नेपालको भूगोलबारे अन्यथा टिप्पणी गर्ने अधिकार अरू राष्ट्रलाई नभएको जिकिर गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
