गठबन्धनका शीर्ष नेता चितवन जाँदै

सत्ता गठबन्धनले चितवनमा शनिबार संयुक्त चुनावी सभा गर्न लागेको कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले बताए।

काठमाडौँ– चुनावी प्रचारका लागि सत्ता गठबन्धनका शीर्ष नेता शनिबार चितवन जाँदै छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले चितवनमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। 

सत्ता गठबन्धनले शनिबार संयुक्त चुनावी सभा गर्न लागेको कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले बताए। एमालेले भने चितवनमा कात्तिक २८ गते चुनावी सभा गर्ने तयारी गरेको छ।