एशिया कपअन्तर्गत नेपाल र भारतबीचको वर्षाको कारण रोकिएको खेल फेरि खेलाउने तयारी गरिएको छ।
काठमाडौँ– एशिया कपअन्तर्गत नेपाल र भारतबीचको वर्षाको कारण रोकिएको खेल फेरि खेलाउने तयारी गरिएको छ। क्यान्डीस्थित पल्लेकेले क्रिकेट स्टेडियममा भारतले टस जितेर नेपालले ब्याटिङको निम्तो पाएको थियो।
नेपालले ३७.५ ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाउँदा वर्षाका कारण खेल केहीबेर रोकिएको थियो। पुनः खेल सुचारु गर्नका लागि अहिले मैदानलाई ढाकिएको पाल हटाउन थालिएको छ।
नेपालले पहिलो पावरप्लेमा राम्रो शुरूआत गरेको थियो। तर, ११औँ ओभरबाट नेपाली टोली ब्याटिङमा टिक्न सकेन। नेपालका ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रन बनाए। यस्तै, अर्का ओपनर आरिफ शेअले ९७ बलमा ८ चौकासहित ५८ रन बनाए। उनीहरूबीच पहिलो विकेटका लागि ६५ रनको साझेदारी भएको थियो।
कुशल १०औँ ओभरको पाँचौँ बलमा एज लागेर विकेट किपर इशान किशनबाट क्याच आउट भए। त्यसपछि क्रिजमा आएका भीम सार्की, कप्तान रोहितकुमार पौडेल र कुशल मल्ललाई जडेजाले आउट गरे।
क्रिजमा टिकेर खेलिरहेका आशिफ पनि ३०औँ ओभरको पाँचौँ बलमा सर्ट कभरमा विराट कोहलीबाट क्याच आउट भए। त्यसपछि, गुलशन झा पनि ३५ बलमा ३ चौका प्रहार गर्दै २३ रनमा आउट हुन पुगे।
क्रिजमा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी रहेका छन्। दीपेन्द्रले २० बलमा ३ चौकासहित २७ रन बनाएका छन्। यता, सोमपालले भने २० बलमा १ चौकासहित ११ रन बनाएका छन्।
रविन्द्र जडेजाले ३ विकेट लिएका छन्। त्यस्तै, मोहम्मद सिराजले २ र सर्दुल ठाकुरले १ विकेट लिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
