भारतीय पूर्वक्रिकेटर आकाश चोपडाले नेपाली क्रिकेटलाई भारतले घरेलु संरचनामा समेट्दै अन्तर्राष्ट्रिय क्रिकेटसँग जोड्ने जिम्मेवारी लिनुपर्ने बताएका छन्।
काठमाडौँ– भारतीय पूर्वक्रिकेटर एवं हिन्दी कमेन्ट्रिटर आकाश चोपडाले भारतले नेपाली क्रिकेटलाई सहयोग गर्नुपर्ने बताएका छन्। सोमबार ट्विटर(एक्स)मा पोस्ट लेख्दै उनले भारतले घरेलु संरचनामा समेट्दै नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटसँग जोड्ने जिम्मेवारी लिनुपर्ने बताएका हुन्।
एशिया कपको छनोटअन्तर्गत नेपाल र भारतबीचको खेल चलिरहँदा ट्विट गर्दै उनले भारतीय ‘ए’ टोलीलाई नेपाल पठाएर घरेलु संरचनासँग सामेल गराउनुपर्ने धारणा राखेका हुन्। उनले नेपालमा क्रिकेटप्रतिको लगाव अतुलनीय रहेको र खेलाडीमा पनि क्षमता रहेको उल्लेख गरेका छन्।
“भारतले नेपाली क्रिकेटलाई अंगीकार गर्नुपर्छ र उनीहरूलाई अन्तर्राष्ट्रिय क्रिकेटसँग जोड्ने आफ्नो जिम्मेवारी बनाउनुपर्छ। ‘ए’ टोलीलाई नेपाल पठाउनुहोस्। उनीहरूलाई भारतको घरेलु संरचनामा सामेल गर्नुहोस् (मलाई याद छ कि भारत-ए ले वेस्ट इन्डिजमा पूर्ण प्रथम श्रेणीको सिजन खेलेको थियो)। नेपालमा क्रिकेटप्रतिको लगाव अतुलनीय छ। र तिनीहरूसँग क्षमता पनि छ,” उनले ट्विटमा भनेका छन्।
भारतीय नागरिक मोन्टी देसाई मुख्य प्रशिक्षक रहेको नेपाली टोलीले गत चैतयता ‘ब्याक टू ब्याक’ सफलता हासिल गरिरहेको छ। उनकै प्रशिक्षणमा नेपालले एक दिवसीय मान्यता चार वर्षका लागि जोगाएको थियो। यस्तै, एक दिवसीय विश्वकप छनोटमा पनि स्थान बनाएको थियो। जिम्बावेमा भएको प्रतियोगिता नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिज, जिम्बावे र आयरल्यान्डसँग प्रतिस्पर्धा गरेको थियो। यस्तै, गत वैशाखमा सम्पन्न एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै दोस्रो पटक एशिया कपमा स्थान बनाएको थियो। समूह चरणको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भइसकेको छ।
आकाश पछिल्लो समय नेपाली क्रिकेटलाई नजिकैबाट नियाल्दै आएका छन्। पाकिस्तानविरुद्धको खेलअघि प्रतियोगितामा नेपालले राम्रो गरोस् भनेर कामनासमेत गरेका थिए। उनले भनेका थिए, “म धेरै खुशी, धेरै उत्साहित छु। म साँच्चै नै नेपालले राम्रो गरोस् भन्ने चाहन्छु। यदि नेपालले राम्रो गर्यो भने मेरो लागि हृदयदेखि आनन्दको अनुभूति हुनेछ। मैले नेपाली खेलाडीलाई नजिकबाट हेरेको र बुझेको पनि छु।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
