अघिल्लो प्रतिनिधिसभामा निष्क्रिय भएका विधेयकहरूलाई पुनः संसद्मा पेस गर्नका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको प्रधानमन्त्री दाहालको भनाइ छ।
काठमाडौँ– सरकारले संघीय निजामती ऐन मंगलबार पारित गरेर सदनमा पेश गर्ने तयारी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै संघीय निजामती कर्मचारी ऐनलाई मंगलबारको मन्त्रिपरिषद्को बैठकले पारित गरेर संसद्मा पठाउने तयारी रहेको बताएका हुन्।
“संघीय निजामती ऐनलाई अहिले अन्तिम रूप दिइएको छ। सम्भवतः म अहिले फेरि पूरै त भन्न सक्दिनँ। भोलिको मन्त्रिपरिषद् बैठकबाट त्यसलाई पारित गरेर सदनसमक्ष प्रस्तुत गर्ने सरकारको तयारी रहेको जानकारी गराउन चाहन्छु,” उनले भने।
उनले मन्त्रिपरिषद्मा शिक्षासम्बन्धी विधेयक प्रस्तुत हुँदा मुख्य विधेयकभन्दा फरक ढंगले गएको भन्दै त्यसलाई परिमार्जन गरेर लानका लागि रोकिएको उल्लेख गरे। उनले नेपालको संविधान जारी भएपश्चात् हालसम्म नयाँ र संशोधनसमेत गरेर १९१ वटा ऐन निर्माण भएको र अहिले १५ वटा विधेयक संसदीय प्रक्रियामा रहेका उल्लेख गरे।
प्रधानमन्त्री दाहालले नेपालको संविधानबमोजिम संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा रहेका तथा विकास निर्माणका कार्यसँग सम्बन्धित कानूनहरू निर्माणको प्रक्रियामा रहेका बताए। त्यस्तै, अघिल्लो प्रतिनिधिसभामा निष्क्रिय भएका विधेयकहरूलाई पुनः संसद्मा पेस गर्नका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको उनले जानकारी गराए।
प्रधानमन्त्री दाहालले प्रहरी प्रशासनसम्बन्धी कानूनलाई संघीयता अनुकूल बनाउनका लागि नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताए। उनले सरकार प्रहरी समायोजन ऐनलाई कार्यान्वयनमा लैजाने तयारीमा रहेको स्पष्ट पारे।
उनले विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता कानून निर्माण र जग्गा प्राप्तिसम्बन्धी विषयमा विधेयक तयार गर्न आवश्यक कार्य शुरू भइसकेको पनि जानकारी गराए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
