एशिया कपअन्तर्गत वर्षाका कारण प्रभावित नेपाल र भारतबीचको खेल २३ ओभरमा झारेर पुनः शुरू भएको छ।
काठमाडौँ– वर्षाका कारण प्रभावित नेपाल र भारतबीचको खेल पुनः शुरू भएको छ।
एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार नेपाल र भारतबीचको खेल वर्षाका कारण दुई पटक अवरुद्ध भएको थियो। वर्षाका कारण दोस्रो पटक अवरुद्ध भएपछि खेल २३ ओभरमा झार्दै पुनः खेलाउन थालिएको हो।
खेललाई २३ ओभरमा झारिएसँगै भारतले जितका लागि १४५ रनको लक्ष्य पाएको छ। खेल वर्षा प्रभावित हुँदा भएपछि डीएलएस मेथडअनुसार भारतलाई नयाँ लक्ष्य दिइएको हो। यसअघि नेपालले ब्याटिङ गर्दा वर्षाका कारण खेल करिब ४५ मिनेट रोकिएको थियो।
श्रीलंकाको पालेकेले इन्टरनेसल क्रिकेट स्टेडियममा नेपालले ४८.२ ओभरमा सबै विकेट गमाउँदै २३० रन बनाएको थियो। २३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा भारतले २.१ ओभरमा १७ रन बनाउँदा पानी परेपछि खेल अवरुद्ध भएको थियो।
भारतले ब्याटिङ गर्ने क्रममा शुभमन गिल ६ बलमा तीन चौकासहित १२ रन बनाएका थिए। त्यस्तै भारतीय कप्तान रोहित शर्मा ७ बलमा एक चौकासहित ४ रन बनाएका थिए। अहिले गिल र शर्मा क्रिजमा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
