धनगढी उपमहानगरपालिका–३ की मञ्जु कुँवर सोमबारको राति ११ बजेतिर विद्युतीय धरापमा परेर मृत्यु भएको हो।
काठमाडौँ– जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर कैलालीको धनगढीमा एक जनाको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका–३ की ३२ वर्षीया मञ्जु कुँवरको सोमबार राति ११ बजेतिर धरापमा परेर मृत्यु भएको वडाध्यक्ष राजबहादुर ऐरले जानकारी दिए।
गौरीफन्टा नाकामा मजदुरी गरेर घर फर्कने क्रममा उनी धरापमा परेकी उनलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
वडाध्यक्ष ऐरका अनुसार उक्त बस्ती वरिपरि सामुदायिक वन छ। वनबाट बँदेल, हात्ती, निलगाई, चित्तललगायत जनावर खेतमा पसेर दुःख दिने गरेकाले स्थानीयले विद्युतीय धराप थाप्ने गरेका छन्। सोही क्रममा खेतको आलीमा स्थानीय जंगलिया चौधरीले थापेको धरापमा कुँवर परेको हुन्।
घटनापछि प्रहरीले चौधरीलाई पक्राउ गरेको वडाध्यक्ष ऐरले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
