यसअघि जिल्ला प्रशासन र नगरपालिकाको कार्यालय अगाडि र कालीपुल बसपार्कको सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका टहरा र ठेला हटाइएको थियो।
म्याग्दी– सदरमुकाम बेनीमा सडक अतिक्रमण गरेर सार्वजनिक जग्गामा बनाइएको अव्यवस्थित संरचना हटाइएको छ।
सडकमा आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी नगरपालिकाले वडा नम्बर ८ मा पर्ने अस्पताल चोकमा रहेका अतिक्रमित संरचना हटाएको हो। बेनी नगरप्रमुख सुरत केसीले अस्पताल चोकमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना भत्काइएको जानकारी दिए।
“व्यवसायीले अटेर गरेपछि नगरपालिका आफैँले अस्पताल चोकको सार्वजनिक जग्गामा बनेका पसलको संरचना हटाएको छ,” उनले भने, “अब त्यहाँ सवारीसाधन पार्किङस्थल बनाउँछौँ।” सवारीसाधनको चाप बढेको र सार्वजनिक जग्गामा रहेका अव्यवस्थित संरचनाका कारण आवतजावतमा समस्या, दुर्घटनाको जोखिम र बजार व्यवस्थापनमा समस्या भएपछि अतिक्रमण हटाउने कामलाई तीव्रता दिएको नगरप्रमुख केसीले बताए।
यसअघि जिल्ला प्रशासन कार्यालय, नगरपालिकाको कार्यालय अगाडि र कालीपुल बसपार्कको सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका टहरा, सटर, ट्यांक र ठेला हटाइएको थियो। कालीपुलको अतिक्रमण हटाइएको ठाउँमा बसपार्क बनाइएको छ।
जिल्ला प्रशासन र नगरपालिका कार्यालय अगाडिको सार्वजनिक जग्गामा सघन सहरी तथा भवन डिभिजन कार्यालयमार्फत सडक ढलान र नाली निर्माण गरिएको छ। सो ठाउँबाट १५ वटा सटर र ट्यांक हटाइएको थियो। ठेलामा फलफूल व्यवसाय गर्नेलाई अन्यत्र स्थानान्तरण गरिएको थियो।
नाली र ढलान भएपछि सो क्षेत्रमा धुलो र हिलोको समस्या हटेको वीरेन्द्रचोक टोल सुधार समितिका पूर्वअध्यक्ष दलप्रसाद श्रेष्ठले बताए। सार्वजनिक जग्गामा भाडामा बसेका व्यवसायीसँगको सम्झौताको म्याद सकिएपछि नगरपालिकाले थप गरेको छैन। उनीहरूलाई सार्वजनिक सूचना जारी गरेर संरचना हटाउन आग्रह गरेको छ।
अन्यत्रको सार्वजनिक जग्गाको अतिक्रमण हटाएर सराहनीय काम गरे पनि नगरपालिका कार्यालय अगाडिको मोटरेबल पुल अतिक्रमण गरेर बनाइएको संरचना हटाउन बेवास्ता गरेको बजारवासीले नगरपालिकासँग गुनासो गरेका छन्।
नगरप्रमुख केसीले मोटरेबल पुल असापासको सार्वजनिक जग्गा अतिक्रमण हटाएर बागलुङ, भकिम्ली र बरंजा छुट्ने सवारीसाधनको पार्किङस्थल बनाउने योजना रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
