बागमती प्रदेशका कांग्रेस प्रमुख सचेतक कुन्दनराज काफ्लेले दिए राजीनामा

काफ्लेले मंगलबार संसदीय दलका नेता बहादुरसिंह लामालाई राजीनामा बुझाएका हुन्। पार्टी, संगठन र दोलखाका जनताको काम गर्न समय नपुगेकाले राजीनामा दिएको उनले बताए। 

काठमाडौँ– बागमती प्रदेशका कांग्रेस प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन्।

काफ्लेले मंगलबार संसदीय दलका नेता बहादुरसिंह लामालाई राजीनामा बुझाएका हुन्।

पार्टी, संगठन र दोलखाका जनताको काम गर्न समय नपुगेकाले राजीनामा दिएको उनले बताए। 

“नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको सचेतकको भूमिकाबाट राजीनामा दिएको छु। गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भएकै कुरा हो,’ उनले फेसबुकमा लेखेका छन्, “प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखेली जनसेवामा समय अभाव महसुस गरेको छु।”

केन्द्रीय सदस्यका रूपमा पार्टीमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहने काफ्लेको भनाइ छ।

उनी दोलखा ‘क’बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।