बीपी साहित्य महोत्सव भदौ २४–२६ सम्म, ६० भन्दा बढी ऐतिहासिक फोटो प्रदर्शनी हुने

महोत्सव आयोजनाका लागि सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा ३७ जना सदस्यीय तयारी समिति गठन गरिएको छ। 

काठमाडौँ– नेपाली कांग्रेसले भदौ २४ देखि २६ गतेसम्म बीपी साहित्य महोत्सव आयोजना गर्ने भएको छ।

महोत्सव आयोजनाका लागि सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा ३७ जना सदस्यीय तयारी समिति गठन गरिएको छ। 

महोत्सवमा ६० वटाभन्दा बढी ऐतिहासिक तस्वीर प्रदर्शनी गरिने कांग्रेस सूचना तथा सञ्चार विभागले जनाएको छ। केन्द्रीय कार्यालय सानेपामा हुने महोत्सवमा विभिन्न १२ वटा सत्रमा छलफल हुनेछ।

पहिलो दिन कविता साँझ, दोस्रो दिन गजल साँझ र देस्रो दिन सांगीतिक साँझसमेत हुने विभागका प्रमुख मीनबहादुर विश्वकर्माले बताए।