विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत नमूना मतदान गरेकाे हाे। जसमा कोही विद्यार्थी उम्मेदवार, कोही मतदाता, कोही निर्वाचन कर्मचारीको भूमिकामा देखिएका थिए।
कैलाली– टीकापुर–१ ज्योतिनगरका लक्ष्मण चौधरी कर्णाली माविको कक्षा १० मा पढ्छन्। शुक्रबार भने उनी विद्यार्थीका रुपमा नभई उम्मेदवार बनेर विद्यालयलमा प्रस्तुत भए।
विद्यालयले निर्वाचनमा मतदान प्रक्रियाका बारेमा नमूना मतदान गरेको थियो। जसमा कोही विद्यार्थी उम्मेदवार, कोही मतदाता, कोही निर्वाचन कर्मचारीको भूमिकामा देखिए। “निर्वाचन प्रक्रियाका बारेमा थाहा थिएन। यो कार्यक्रमले धेरै सिक्ने अवसर मिलेको छ”, लक्ष्मणले भने, “निर्वाचनको मुखैमा भएको नमूना मतदानले हामीलाई निकै फाइदा गर्नेछ।”
सोही विद्यालयमा अध्ययनरत पारस शाही नमूना मतदानले घरमा अभिभावकलाई मतदानसम्बन्धी शिक्षा दिन सहयोग मिल्ने बताउँछन्। “आउँदो निर्वाचनसम्म हामी पनि मतदान गर्ने उमेरको हुन्छाैँ। अहिले सिकेको सीप भोलि काम लाग्छ। घरमा अभिभावकलाई सिकाउने अवसर नमूना मतदानले दिएको छ।”
नमूना मतदानले समुदायमा मतदाता शिक्षा नपाएका नागरिकलाई सिकाउन सक्ने क्षमताको विकास भएको मेरिका ढुंगानाले सुनाइन्। “अहिले निर्वाचनको समय छ। हामीले सिकेको ज्ञान अभिभावक र समुदायका लागि काम लाग्ने छ”, उनले भनिन्, “जसका कारण अहिलेको निर्वाचनमा मत बदर घटाउन सहयोग पुग्छ।”
कक्षा १० का विनोद जोशीले नमूना मतदानमा मतदान अधिकृतको भूमिका निभाए। इसबाट निर्वाचनको महत्वका बारेमा थाहा पाएको उनले बताए। “पढेर सिकेको कुराभन्दा गरेर सिकेको कुरा सहज हुने रहेछ” उनले भने, “आवश्यक परे समुदायमा मतदाता शिक्षा दिन सक्छौँ।” निर्वाचनमा सहभागी उम्मेदवार, मतदाता, निर्वाचन अधिकृत, मतदान अधिकृत, सुरक्षाकर्मी, स्वयंसेवकसहित आवश्यक सबै प्रक्रिया पूरा गरेर नमूना मतदान पूरा गरेको प्रधानाध्यापक धर्मराज शर्माले बताए।
“हरेक शुक्रबार हुने अतिरिक्त क्रियाकलापअन्तर्गत नमूना मतदान गरेका हौँ। विद्यार्थीले पनि नमूना मतदानमा निकै उत्सुकता देखाएका छन्। अभिभावकलाई सिकाउने प्रतिक्रिया विद्यार्थीबाट पाएका छौँ।”
उनले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानभन्दा प्रयोगात्मक ज्ञानमा जोड दिएको बताए। “सैद्धान्तिक ज्ञानले भन्दा व्यावहारिक ज्ञानले विद्यार्थीमा छिटो सिकाइ हुनेभएकाले त्यसतर्फ बढी जोड दिएका छौँ”, प्रधानाध्यापक शर्माले भने, “त्यसैको एक उदाहरण हो नमूना मतदान पनि।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
