अस्पतालको ‘इमर्जेन्सी’मा लगिएका बालकलाई दुई घण्टा बाहिर राख्न लगाइएको र सोही बेला उनको मृत्यु भएको पीडित परिवारको भनाइ छ।
काठमाडौँ– कान्ति बाल अस्पतालको लापरबाहीका कारण ५ वर्षीया मृत्यु बालिकाको भएको भन्दै पीडित परिवारले विरोध गरेका छन्। मकवानपुरको थाहा नगरपालिका– १० बाट उपचारका लागि कान्ति बाल अस्पताल आएका उनीहरूले अस्पतालको लापरबाहीका कारण बालकको मृत्यु भएको भन्दै विरोध गरेका हुन्।
सोमबार साँझ पाँच बजे अस्पतालको ‘इमर्जेन्सी’मा लगिएका बालकलाई दुई घण्टा बाहिर राख्न लगाइएको र सोही बेला उनको मृत्यु भएको पीडित परिवारको भनाइ छ। मृतक बालकका हजुरबुवा कृष्ण गोपालीले ज्वरो र वान्ताका कारण सिकिस्त भएका बालकलाई अस्पतालले उपचार गर्न बेवास्ता गरेको बताए।
“बच्चालाई ज्वरो आएको र वान्ता पनि भएको थियो। गम्भीर अवस्थामा ल्याइएको बिरामीको अस्पतालकै कारण मृत्यु भएको छ, यस विषयलाई अस्पतालले गम्भीर रूपमा लिनुपर्छ। यहाँको प्रशासनलाई कारबाही हुनुपर्छ,” उनले भने।
अस्पतालका निर्देशक डा. पंकज रायले बालकको मृत्यु पालो कुरेको बेला भएको बताएका छन्। “यहाँ आएकालाई अन्त जाऊ भन्ने गरेको छैन। ती बालक पालो कुरिरहेका थिए। यसमा उपचारमा हेलचेक्र्याइँ भयो भन्ने कुरा सरासर गलत हो। बिरामी यहाँ छिरेपछि सबै सेवा सुविधा पाएको छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
