कांग्रेस सभापति शेरबहादुर देउवाले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने बताएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमत्ता हुने बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने बताएका हुन्। “भारत र चीन नेपालका ‘नेभर’ छिमेकी हुन्। बदल्न सकिँदैन, उनीहरूले भनेको मान्नुपर्छ। सन्तुलन गरेर जानुपर्छ। यसमा नै हाम्रो बुद्धिमत्ता छ। हाम्रा समस्या समाधान गर्नुपर्ने हाम्रो कर्तव्य हो,” उनले भने।
देशले अर्को देशलाई साथी र छिमेकी बनाउन नसक्ने बताउँदै दुई छिमेकी देशलाई बुझाएर नेपालले अघि बढ्नुपर्ने सभापति देउवाको भनाइ छ।
नेपालसँग विद्युत् किन्ने भनेको भारत मात्रै भएकाले नेपालले कि विद्युत् नै बेच्दिनँ भन्नुपर्ने नत्र भारतले भनेका कुराहरूमा सहमति जनाउनुपर्ने बाध्यता रहेको बताए। “बिजुली नेपालमा सबैभन्दा बढी छ, बायर को छ बायर इन्डिया, कि हामी बिजुली बेच्दै बेच्दैनौँ भन्नुपर्यो, नत्र उसको कुरा मान्नुपर्ने हुन्छ हेर्नुस्। त्यही कुरा हो। बायरले बिजुली किन्ने हो, त्यसको कुरा सुन्नुपर्ने बाध्यता छ हामीलाई,” उनले भने।
सभापति देउवाले सरकार र कर्मचारीतन्त्रबीच एक आपसमा मिलेर मात्रै देश विकास गर्न सकिने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
