भलिबल खेलाडीलाई मासिक ५ हजार तलब दिने संघको घोषणा

खेलाडीलाई आर्थिक रूपमा सहयोग पुर्‍याउने उद्देश्यले तलब दिन शुरू गरेको संघले जनाएको छ।

काठमाडौँ– नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीले मासिक तलब पाउने भएका छन्। नेपाल भलिबल संघले मंगलबार मासिक ५/५ हजार रुपैयाँका दरले तलब दिने घोषणा गरेको हो। 

नेपालको राष्ट्रिय खेलको रूपमा रहे पनि भलिबल खेलाडीले यसअघि यात्रा खर्चबाहेक अन्य सेवासुविधा संघबाट प्राप्त गर्न सकेका थिएनन्।

यस्तै, कुनै प्रतियोगिता जिते भने त्यसबापत पाउने पुरस्कारबाट संघले खेलाडीलाई केही हिस्सा दिँदै आएको थियो। खेलाडीलाई आर्थिक रूपमा सहयोग पुर्‍याउने उद्देश्यले तलब दिन शुरू गरेको संघले जनाएको छ।