कारोबार भएका १३ उपसमूहमध्ये मंगलबार दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.४५ अंकले ओरालो लागेर १९६१.३७ मा सीमित भएको छ।
मंगलबारको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४७ अंकले ओरालो लागेर तीन सय ७७.२४ मा सीमित भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये मंगलबार दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ।
विभिन्न कम्पनीका २४ लाख ८० हजार ९२९ कित्ता शेयर ७९ करोड ६८ लाख ७० हजार ४०८ मूल्यमा खरिद बिक्री भएका छन्। नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन एभरेस्ट इन्स्योरेन्स शीर्ष स्थानमा छ। सो कम्पनीको सात करोड ५८ लाख ९७ हजार ७९३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबारको कारोबारमा साल्ट ट्रेडिङ कर्पोरेसन दुई करोड ९५ लाख ८५ हजार ४६५, आईएमई लाइफ इन्स्योरेन्स दुई करोड ८२ लाख ४१ हजार ७५४ रुपैयाँ, घोराही सिमेन्ट दुई करोड ८० लाख ४५ हजार ५७० र एभरेस्ट बैंक दुई करोड ३६ लाख २९ हजार ३२१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। नेरुडे लघुवित्त ९.८५, इन्ग्वा हाइड्रोपावर ७.३२, साञ्जेन जलविद्युत् कम्पनी ६.४८ र अप्पर सोलु हाइड्रोपावरका लगानीकर्ताले ६.३९ प्रतिशतले कमाएका छन्।
त्यस्तै, आरबीबी म्युचुअल फन्ड १०, लिबर्टी इनर्जी ९.९८, आशा लघुवित्त ७.६१, आत्मनिर्भर लघुवित्त ७.१९ र बाराही हाइड्रोपावरका लगानीकर्ताले ६.४७ प्रतिशतले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
