एशिया कपका लागि छनोट भएका विकेटकिपर ब्याट्सम्यान सञ्जु, तीव्र गतिका बलर प्रसिद्धि कृष्ण र युवा ब्याट्सम्यान तिलक बर्मा भने टोलीमा परेनन्।
काठमाडौँ– एक दिवसीय विश्वकपका लागि भारतीय क्रिकेट टोलीको घोषणा भएको छ। रोहित शर्माको कप्तानीमा बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले १५ सदस्यीय टोलीको घोषणा गरेको हो। प्रतियोगिता अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा हुनेछ। भारतले आफ्नो पहिलो खेल अक्टोबर ८ मा अस्ट्रेलियासँग चेन्नईमा खेल्नेछ।
टोलीमा रोहितबाहेक शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, इशान किशन, केएल राहुल, हार्दिक पाण्ड्या (उपकप्तान), सूर्यकुमार यादव, रवीन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद सिराज, जसप्रीत बुमराह र कुलदीप यादव रहेका छन्।
राहुल चोटसँग संघर्षरत रहेका छन्। उनले जारी एशिया कपमा पाकिस्तान र नेपालसँग खेल्न सकेनन्। उनको दाहिने तिघ्राको शल्यक्रिया गरिएको थियो। उनी विगत साढे तीन महिनादेखि मैदान बाहिर छन्।
एशिया कपका लागि टोली घोषणा गर्ने क्रममा मुख्य छनोटकर्ता अजीत अग्रकरले राहुल घाइते भएको स्वीकार गरेका थिए। जसका कारण ‘ब्याकअप’का रूपमा सञ्जु सामसनलाई छनोट गरिएको उनले जानकारी दिएका थिए।
बीसीसीआईको मेडिकल टिमले राहुलले खेल्न सक्ने बताएपछि टोलीमा राखिएको अग्रकरले बताए। यसअघि नै एशिया कपका लागि छनोट गरिएको १७ सदस्यीय टोलीबाट छनोट समितिले विश्वकप टोली छनोट गर्ने उनले संकेत गरेका थिए।
एशिया कपका लागि छनोट भएका विकेटकिपर ब्याट्सम्यान सञ्जु, तीव्र गतिका बलर प्रसिद्धि कृष्ण र युवा ब्याट्सम्यान तिलक वर्मा भने टोलीमा परेनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
