प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा सैनिकको समस्या समाधानका लागि सरकार जिम्मेवारीपूर्ण ढंगले अभिभावकत्व प्रदान गर्ने बताए।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘दाहाल’ले गोरखा सैनिकलाई ब्रिटिस सरकारले समान व्यवहार र न्यायको प्रत्याभूति दिलाउन नसकेको टिप्पणी गरेका छन्। मंगलबार काठमाडौँमा आयोजित भूपू गोरखा सैनिकको समस्या समाधानको लागि एक दिवसीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
“पहिलो र दोस्रो विश्वयुद्धका साथै ब्रिटिसको तर्फबाट लडिएका प्रत्येक युद्धमा अग्रमोर्चामा रहेर देशको रक्षा, बिस्तार र सेवामा समर्पित गोरखालीहरूलाई ब्रिटिस सरकारले समान व्यवहार र न्यायको प्रत्याभूति दिलाउन सकेन। दिलाउन सकेको पनि छैन। यो हामी सबै नेपालीहरूको लागि गम्भीर सरोकार र चुनौतीको विषय बनिरहेको छ,” उनले भने।
उनले गोरखालीहरूले ब्रिटिस राज्यको हितको पक्षमा आफ्नो सम्पूर्ण जीवन समर्पित गरे पनि ब्रिटिस सेनामा भर्ती भएका नेपालीहरूलाई तलब, सेवा सुविधा, पेन्सन लगायतका विषयमा समान व्यवहार हुन नसकेकोले सरकारले अहिले भारत र बेलायतसँग यस बारेमा आवश्यक छलफल गर्ने काम गरिरहेको बताए।
उनले अहिले वैदेशिक रोजगारीमा गएका नेपालीहरूले पनि समान व्यवहार, श्रमको उचित मूल्य र आत्मसम्मान पाउन नसकेको स्वीकार गरे। उनले भूतपूर्व गोरखा सैनिकको समस्या राष्ट्रियस्तरबाट मात्र समाधान गर्न सक्ने मुद्दा नभएर बहुपक्षीय रूपमा उठाउनुपर्ने र समर्थन गर्नुपर्ने भएको बताए।
प्रधानमन्त्री दाहालले गोरखा सैनिकको समस्या समाधानका लागि सरकार जिम्मेवारीपूर्ण ढंगले अभिभावकत्व प्रदान गर्ने बताए। उनले अन्तर्राष्ट्रिय मञ्चमा जाँदा सम्बन्धित पक्ष र देशसँग गोरखा सैनिकको मुद्दाका बारेमा गम्भीर रूपमा प्रश्न उठाउने गरेको बताए। नेपाल—भारत—बेलायतबीच भएको त्रिपक्षीय सन्धिमा गोरखाहरूमाथि २०८ वर्षदेखि समान व्यवहार नभएको कुरालाई समान कामको समान ज्याला दिलाउन काम गरिरहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
