कोशी र बागमतीमा हल्का वर्षाको सम्भावना

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भूभाग सरदर स्थानको उत्तरतिर र पूर्वी भूभाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

साथै बंगालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा  रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। कोशी र बागमतीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।