पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। विगतका वर्षहरूमा भने कोरोनाका कारण मन्दिरमा घुइँचो कम थियो।

पाटन– ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा बुधबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको हो।

हिन्दु धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्ण अष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रूपमा मानिन्छ। भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ।

धर्मग्रन्थमा उल्लेख भएअनुसार नै पाटनको कृष्ण मन्दिरमा पूजा आराधना हुँदै छ। हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ।

विगतका वर्षहरूमा भने कोरोनाका कारण मन्दिरमा घुइँचो कम थियो। पूजा अर्चनाका लागि मन्दिरको दक्षिण र उत्तरतर्फ भक्तजन लामबद्ध भएका छन्।