एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी, हरिप्रसाद रिजाल २ मतले पराजित

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, रोल्पाका पूर्ण बहादुर बुढामगर र बर्दियाका लीला रानामगर विजयी भएका छन्।

काठमाडौँ– एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका छन्। 

बुधबार राति सम्पन्न मतगणनामा प्रतिस्पर्धी हरिप्रसाद रिजाललाई दुई मतले पराजित गर्दै कँडेल विजयी भएका हुन्। मतपरिणाम अनुसार पाल्पाका कँडेलले ४७९ र प्युठानका रिजालले ४७७ मत प्राप्त गरे। 

१२ जिल्लाका कुल एक हजार पाँच जना मतदातामध्ये ९६५ मत खसेको थियो। रिजाल र कँडेलको प्रतिस्पर्धा एमालेभित्र प्रतिष्ठाको विषय बनेको थियो। रिजाललाई पार्टी महासचिव शंकर पोखरेल र कँडेललाई उपाध्यक्ष विष्णु पौडेलको साथ थियो। 

यसैबीच अधिवेशनबाट उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, रोल्पाका पूर्ण बहादुर बुढामगर र बर्दियाका लीला रानामगर विजयी भएका छन्।

पदाधिकारीमा एक उपसचिवबाहेक अरू सबै कँडेल प्यानलकै उम्मेदवार विजयी भएका छन्।