प्रदेशभरिमा सबैभन्दा बढी कैलालीमा २३२ र सबैभन्दा कम बैतडीमा छ जनामा डेंगी संक्रमण देखिएको छ। संक्रमण दिनहुँ बढ्दो क्रममा रहेको छ।
बैतडी– सुदूरपश्चिम प्रदेश डेंगी संक्रमणको उच्च जोखिममा रहेको पाइएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांकले प्रदेशका सबै पालिकामा डेंगी फैलिएको देखाएको हो।
दिनप्रतिदिन डेंगीका संक्रमित बढ्न थालेको निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। प्रदेशमा २०२३ अगस्टमा मात्रै ३५३ जनामा संक्रमण देखिएको छ। “अरू महिनामा फाट्टफुट्ट देखिने डेंगी अगस्टमा भने ह्वात्तै बढेको छ।”
पछिल्लो आठ महिनाको तथ्यांक हेर्दा प्रदेशमा ६८० जनामा डेंगीको संक्रमण पुष्टि भइसकेको छ। सम्पर्क व्यक्ति जोशीका अनुसार जनवरीमा १५, फेब्रुअरीमा ५२, मार्चमा १२९, अप्रिलमा २५, मे महिनामा २२, जुनमा २६, जुलाईमा ५८ र अगस्तमा ३५३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। प्रदेशभरिमा सबैभन्दा बढी कैलालीमा २३२ र सबैभन्दा कम बैतडीमा छ जनामा डेंगी संक्रमण देखिएको छ।
यस्तै दार्चुलामा १९४, कञ्चनपुरमा १२३, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १९, बझाङमा १२ र डडेल्धुरामा १० जनामा डेंगी संक्रमण पुष्टि भएको छ। “संक्रमणका कारण यस वर्ष सुदूरपश्चिममा हालसम्म कोहीले पनि ज्यान गुमाउनु परेको छैन। गत वर्ष प्रदेशमा एक हजार २८९ जनामा संक्रमण देखिएकामा चार जनाको मृत्यु भएको थियो,” जोशीले भने।
अगस्टमा डेंगी संक्रमित अधिक बढेको पाइएको छ। लामखुट्टेको टोकाइबाट हुने डेंगी गर्मी र वर्षात्को समय भएकाले बिरामीको संख्या बढेको हो। तराईका जिल्लामा बढी हुने डेंगी संक्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ। हिमाली क्षेत्र भनेर चिनिने दार्चुलाको ब्यासमा पनि डेंगी सार्ने लामखुट्टे फेला परेको छ। “यसले गर्दा सबै क्षेत्रमा जोखिम निकै बढेको छ,” उनले भने, “डेंगीबाट संक्रमण हुन नदिने एकमात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो ।
यसैबीच प्रदेशभरि सबै स्थानीय तहमा कीटजन्य रोग सार्ने लामखुट्टे तथा भुसुनाको अध्ययन गरिने सम्पर्क व्यक्ति जोशीले बताए। भने, “सुदूरपश्चिमका सबै ८८ पालिकामा कीटजन्य रोग सार्ने लामखुट्टे तथा भुसुनाको अध्ययन गर्ने योजना छ। २० भन्दा बढी पालिकामा अध्ययन सम्पन्न गरिसकेका छौँ। अध्ययनको सम्पूर्ण विवरण निर्देशनालयको वेबसाइटमा उपलब्ध छ।”
डेंगी जोखिम कम गर्न निर्देशनालयले प्राविधिक सहजीकरण, कीट आपूर्ति र बिरामी व्यवस्थापनमा सहयोग गर्ने गरेको छ। स्थानीय तहमा उक्त रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियानका साथै सचेतनामूलक सञ्चालनमा गरिएको छ । जोखिम बढ्दै गएकाले सतर्कता अपनाउन निर्देशनालयले आग्रह गरेको छ।
डेंगी भएका उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेंगीका लक्षण देखा पर्ने गर्छन्। यसका साथै गम्भीर प्रकृतिको डेंगी संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेट खुट्टा सुन्निनेजस्ता लक्षण देखा पर्ने निर्देशनालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
