राजकुमार राई अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’ यसअघि बेलायत र क्यानडामा प्रदर्शन भइसकेको छ।
काठमाडौँ– चलचित्र ‘सोल अफ द कमाण्डो’ को ट्रेलर सार्वजनिक भएको छ। एक्सन जनारामा निर्माण गरिएको चलचित्रको ट्रेलर काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक भएको हो।
खेलाडीसमेत रहेका राजकुमार राई अभिनित चलचित्र यसअघि बेलायत र क्यानडामा प्रदर्शन भइसकेको छ। नेपालमा भने पहिलो पटक प्रदर्शनमा आउन लागेको हो। युवराज राई (वीरबहादुर) द्वारा निर्देशित यो चलचित्र रवि थापा, धन लिम्बू र मिलन राईले निर्माण गरेका हुन्।
एक गोरखा आर्मीको संघर्षलाई फिल्मको कथावस्तु बनाइएको छ। फिल्मको प्रस्तुकर्ता विजया राई हुन्। फिल्ममा राजकुमार राई, कमला खापुङ लिम्बू, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङ्देल, रुपेश झा, नरेन खड्का, सर्मिला लिम्बू, सीमा राई, नरेन लिम्बू र पूर्ण लिम्बूले अभिनय गरेका छन्।
अभिनेता राजकुमार राईले फिल्ममा गोरखाली सेनाले भोगेका पीडालाई देखाइएको बताए। नेपालीको कथावस्तुमा निर्माण भएका कारण सबै नेपालीले चलचित्र हेर्नेमा उनी आशावादी छन्।
अभिनेत्री सेसुका राईले क्यानडा र बेलायतमा चलचित्र रिजिल भएपनि आफूले फिल्म हर्न नपाएको बताइन्। ‘सोल अफ द कमाण्डो’ नेपालमा मङ्सिर २३ मा रिलिज हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
