प्रतितोला ३०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन ३०० रुपैयाँले घटेर प्रतितोला एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ– नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन ३०० रुपैयाँले घटेर प्रतितोला एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, तेजाबी सुन एक लाख ११ हजार ८५० रुपैयाँ रहेको छ।

मंगलबार प्रतितोला छापावाल सुन एक लाख १२ हजार ७०० र तेजाबी सुन एक लाख १२ हजार १५० रुपैयाँमा किनबेच भएको थियो। 

यसैगरी, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको महासंघले जनाएको छ। चाँदी एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ। 

मंगलबार चाँदी एक हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।