मलेसियाले अस्ट्रेलियाबाट बर्सेनि ५५ लाख डलर बराबर गाईभैँसी आयात गर्दै आएको छ। अस्ट्रेलियाबाट सबैभन्दा धेरै गाईवस्तु आयात गर्ने देश इन्डोनेसिया हो।
मलेसियाले अस्ट्रेलियामाथि लगाएको चौपाया निर्यात प्रतिबन्ध हटाएको छ। उक्त देशबाट आयात गरिएका गाईभैँसीमा छाला रोग (एलएसडी) लागेको इन्डोनेसियाले पत्ता लगाएपछि मलेसियाले पनि अस्थायी प्रतिबन्ध लगाएको थियो।
पशु स्वास्थ्यकर्मीका अनुसार एलएसडी एक संक्रामक भाइरल रोग हो। जसले दूध उत्पादनमा कमी, अस्थायी वा स्थायी रूपमा बाँझोपन हुनका साथै कहिलेकाहीँ गाईवस्तुको मृत्युसमेत हुनसक्ने तर मानिसलाई कुनै जोखिम नहुने बताएका छन्।
मलेसियाले सावधानी अपनाउने क्रममा जारी गरेको प्रतिबन्ध बुधबारदेखि हटाइएको भेटेरिनरी सेवा विभागले जनाएको छ। अस्ट्रेलियाको कृषि, मत्स्य पालन तथा वन विभागसँग दुई चरणमा प्राविधिक छलफल गरेपछि आयात प्रतिबन्ध हटाउने निर्णय भएको जनाइएको छ।
इन्डोनेसियाका अधिकारीहरूले पनि १३ वटा चौपायामा एलएसडी लागेको जनाउँदै चार स्थानबाट आयात रोकेका थिए। अस्ट्रेलियाका भेटेरिनरी प्रमुख मार्क सिपले आफ्नो देशका गाईवस्तुमा एलएसडी लागेको खबर सत्य नभएको दाबी गरेका छन्। साथै उनले उक्त रोगबाट अस्ट्रेलिया मुक्त रहेको बताएका छन्।
मलेसियाले अस्ट्रेलियाबाट बर्सेनि ५५ लाख डलर बराबर गाईभैँसी आयात गर्दै आएको छ। अस्ट्रेलियाबाट सबैभन्दा धेरै गाईवस्तु आयात गर्ने देश इन्डोनेसिया हो।
गत वर्ष इन्डोनेसियाले अस्ट्रेलियाबाट तीन लाखभन्दा बढी गाई आयात गरेको थियो। यो वर्ष एक लाख ५३ हजार चौपाया खरिद गरिएको इन्डोनेसियाका अधिकारीहरूले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
