कक्षा १२ को पूरक परीक्षा तालिका परिवर्तन, असोज ९ र १० गते सञ्चालन हुने

यसअघि परीक्षा असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको थियो। परीक्षा शुल्कबापत प्रतिविद्यार्थी ६०० रुपैयाँका भदौ २२ गतेभित्र बुझाइसक्नुपर्ने बोर्डले जनाएको छ।

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन गरेको छ। 

कार्यालयले बुधबार सूचना जारी गरी असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ९ र १० गते हुने जनाएको हो।

परीक्षा बिहान ११ देखि २ बजेसम्म सञ्चालन हुने उक्त सूचनामा उल्लेख छ। परीक्षा शुल्कबापत प्रति विद्यार्थी ६०० रुपैयाँका भदौ २२ गतेभित्र बुझाइसक्नुपर्ने जनाइएको छ। 

यसैगरी उक्त अवधिभित्र रकम जम्मा गर्न छुट भएका विद्यार्थीले भदौ २९ गते विलम्ब शुल्कसहित प्रतिविद्यार्थी एक हजार २०० रुपैयाँ बुझाउनुपर्नेछ। 

उक्त भौचरसहित भदौ ३१ गते कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयमा आवेदन फाराम बुझाउनुपर्ने समेत सूचनामा उल्लेख छ।