कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ६५ करोड ८२ लाख ५० हजार र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत सात करोड ८० लाख ८७ हजार रुपैयाँ भुक्तानी गरेको छ।
काठमाडौँ– सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत पाँच अर्ब ६७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ।
कोषले विभिन्न योजना सञ्चालन गरेबापत ९८ हजार ५७३ योगदानकर्तालाई उक्त रकम भुक्तानी गरेको हो। कोषले योगदानकर्ताको जीवनमा आइपर्ने स्वास्थ्य जोखिम कम गर्न तथा आयको निरन्तरताका लागि चार प्रकारका योजना सञ्चालनमा ल्याएको छ।
औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ४० हजार ३८७ योगदानकर्तालाई ६५ करोड ८२ लाख ५० हजार र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत दुई हजार ३१ श्रमिकलाई सात करोड ८० लाख ८७ हजार भुक्तानी गरेको छ।
यसैगरी आश्रित परिवार सुरक्षा योजनाबापत ३९३ योगदानकर्ताले नौ करोड २० लाख र वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत चार अर्ब ८४ करोड ३२ लाख १७ हजार रुपैयाँ भुक्तानी लिएका छन्।
हालसम्म ४१ अर्ब एक करोड योगदान संकलन भएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए। कोषमा सात लाख ५७ हजार योगदानकर्ता सूचीकृत भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
