एशिया कप खेलेर स्वदेश फर्केकाे क्रिकेट टोलीलाई विमानस्थलमा स्वागत (तस्वीरसहित)

राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारी तथा क्रिकेट समर्थकले नेपाली क्रिकेट टोलीलाई स्वागत गरेका छन्।

काठमाडाैँ– नेपाली राष्ट्रिय क्रिकेट टाेली एशिया कप खेलेर बुधबार स्वदेश फर्केकाे छ। पाकिस्तान र श्रीलंकामा आयाेजित खेलमा समूह चरण खेलेर नेपाल फर्केकाे टाेलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएकाे छ। 

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारी तथा क्रिकेट समर्थकले स्वागत गरेका हुन्। नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्यान्ड टोलीसमेत विमानस्थलमा पुगेको थियो।

प्रतियोगितामा नेपालले पहिलो खेल मुल्तानमा एकदिवसीय क्रिकेटको शीर्ष टोली पाकिस्तानसँग खेलेको थियो भने दोस्रो खेल श्रीलङ्काको क्यान्डीमा भारतसँग खेलेको थियो। दुवै खेलमा पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएकाे थियो। तर हारका बाबजुद पनि विश्वकै शक्तिशालि क्रिकेट टाेलीसँग उत्कृष्ट खेलको भन्दै चौतर्फी प्रशंसा भइरहेको छ।