आउँदाे शुक्रबार हुने थाइल्यान्डसँगकाे खेल जितेमा नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्ने छ।
काठमाडाैँ– नेपालले आईसीसी महिला टी २० विश्वकप एशिया क्षेत्र छनोटको फाइनलमा पुग्न थाइल्यान्डसँग भिड्ने भएको छ। समूह 'बी' को अन्तिम खेलमा हङकङलाई ४३ रनले पराजित गर्दै थाइल्यान्डले नेपालसँगको भेट पक्का गरेको हो।
नेपाल समूह 'ए' को उपविजेता हो। बुधबार नेपालले समूह चरणको अन्तिम खेल यूएईसँग खेल्ने तय थियो। तर, वर्षको कारण खेल रद्द भएपछि नेपाल उपविजेता बनेको हो। यूएई र नेपालले समूह चरणमा समान ९ अंक जोडेका थिए। तर, यूएई नेटरननेटको आधारमा अगाडि रह्यो। यूएईको नेटरननेट +३.३३९ रह्यो। नेपालको भने +२.१८४ रह्यो।
नेपालले समूह चरणको पहिलो खेलमा मलेसियालाई ५ रनले पराजित गरेको थियो। दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको नेपालले तेस्रो खेलमा भुटानलाई ३ विकेटले पराजित गर्यो। चौथो खेलमा कतारमाथि ९ विकेटको जित हासिल गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो। सन् २०२१ मा भएको छनोटमा नेपाल तेस्रो भएको थियो।
नेपालले आउँदाे शुक्रबार थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ। उक्त खेल जितेमा नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
