८० वटा स्टल रहेको मेलामा महिला उद्यमीहरूले उत्पादन गरेका हस्तनिर्मित सामान, ढाकाका कपडा, अल्लोका कपडा, बाँसका सामग्री, चाँदीका गरगहना, चियापत्ति, लगायत सामग्रीहरू छन्।
काठमाडाैँ– ललितपुरको याक प्यालेसमा महिला उद्यमी मेला–२०८० शुरू भएको छ। कोभिड महामारी र विश्वव्यापी आर्थिक मन्दीका कारण साना तथा मझौला व्यवसायीका उत्पादनले बजार पाउन नसकिरहेका बेला साना तथा मझौला व्यवसायी महासंघ नेपालले मेला आयोजना गरेको हो।
बुधबारदेखि भदौ २४ गते आइतबारसम्म चल्ने मेलामा महिला उद्यमीद्वारा उत्पादित सामग्रीलाई प्राथमिकता दिइएको छ। महासंघ अन्तर्गत केन्द्रीय महिला समितिकी सहसचिव अनिता ठकुरीले पछिल्लो समय उद्योग व्यवसायमा आएको सुस्ततालाई चलायमान बनाउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताइन्।
मेलामा नेपालको पूर्वदेखि पश्चिमसम्मका साना तथा मझौला व्यवसायीद्वारा उत्पादित विभिन्न किसिममा सामग्री राखिएका छन्। ८० वटा स्टल रहेको मेलामा महिला उद्यमीहरूले उत्पादन गरेका हस्तनिर्मित सामान, ढाकाका कपडा, अल्लोका कपडा, बाँसका सामग्री, चाँदीका गरगहना, चियापत्ति, लगायत सामग्रीहरू छन्।
"पछिल्लो समय उद्योग व्यवसायमा आएको सुस्ततालाई चलायमान बनाउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो," सहसचिव ठकुरीले भनिन्, "व्यापार व्यवसायलाई चलायमान बनाउनको लागि नेपालको पूर्वदेखि पश्चिमसम्मका उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरू प्रदर्शनीमा राखिएको छ। तीज विशेष पनि भएकाले सम्पूर्ण दिदीबहिनीहरूलाई मेला अवलोकन गर्न अनुरोध छ।’
निःशुल्क प्रवेशको व्यवस्था गरिएको महिला उद्यमी मेलालाई १० हजारले अवलोकन गर्ने र ५० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा महासंघले गरेको उनकाे भनाइ छ।
महिला उद्यमी मेलाको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरेका थिए। सो क्रममा उनले सबै स्टलको अवलोकन गरी विभिन्न किसिमका स्वदेशी उत्पादनको बारेमा जानकारी लिए।
मेला उद्घाटन कार्यक्रममा बोल्दै महासंघकी सहअध्यक्ष इनु पौडेलले महिलाहरू आर्थिक रुपमा सक्षम नभएसम्म मुलुकको सम्मुन्नत आर्थिक विकास हुन नसक्ने भन्दै सबै महिलालाई सफल उद्यमी बनाउनुपर्नेमा जोड दिइन्। महिला उद्यमीहरूले उत्पादन गरेको सामग्रीको अन्तर्राष्ट्रिय बजारीकरणको प्रस्ताव लैजाँदा सरकारी निकायहरूले चासो नदेखाएको गुनासो पनि गरिन्।
"सरकारी निकायहरूमा उद्यमीहरूको समस्या र प्रवर्द्धनको लागि प्रस्ताव लिएर जान्छौं। त्यसको मूल्य र मान्यता हुँदैन। राजनीतिक पहुँच र नजिकको मान्छेको काम हुन्छ अन्यको हुँदैन," उनले भनिन्– "सरकारले उद्यमीहरूको कुरा सुन्नुपर्छ। जबसम्म आधा आकाश ओगटेको महिला उद्यमी सक्षम हुँदैनन्। तबसम्म आर्थिक विकास हुँदैन।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
