युक्रेनका राष्ट्रपति जेलेन्स्कीले निर्दाेष नागिरकमाथि आक्रमण गरेकाे भन्दै रुसकाे निन्दा गरेका छन्।
युक्रेनको पूर्वी भाग कोस्ट्यान्टिनिभकाे औद्याेगिक क्षेत्र डाेनेट्स्क बजारमा बुधबार दिउँसाे रुसी सेनाले बम आक्रमण गरेकाे छ। बीबीसीले जनाएअनुसार आक्रमणमा परेर १७ जनाकाे मृत्यु भएकाे छ भने ३४ जना घाइते भएका छन्।
यस्तै, त्यहाँका २० वटा पसलमा पूर्ण क्षति पुगेकाे छ। एक पाँचतले आवासीय भवनमा पनि क्षति पुगेकाे बीबीसीले जनाएकाे छ। आफ्ना निर्दाेष नागरिकमाथि आक्रमण गरेकाे भन्दै युक्रेनका राष्ट्रपति भाेलाेदाेमिर जेलेन्स्कीले रुसकाे निन्दा गरेका छन्।
कोस्ट्यानटाइनिभका फेब्रुअरी २०२२ मा रूसले आक्रमण शुरू गरेदेखि युद्धको केन्द्रबिन्दु बनेको छ। सन् २०१४ देखि क्रेमलिन समर्थित पृथकतावादी समूहले डोन्टेट्स्कलाई आंशिक रूपमा नियन्त्रण गर्दै आएको छ र रुसले गत वर्षको अन्त्यतिर अन्य तीन जनासँग मिलेर यो क्षेत्र आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
