विश्वअर्थतन्त्र र हरितगृह ग्यास उत्सर्जनको करिब ८५ प्रतिशत हिस्सा ओगट्ने जी–२० को बैठक चीन र रुसका नेताको अनुपस्थितिमा नयाँ दिल्लीमा हुँदैछ।
संयुक्त राष्ट्रसंघका जलवायु परिवर्तन मामिला प्रमुख सिमोन स्टिएलले जी–२० का मन्त्रीहरूले प्रमुख शिखर सम्मेलनअघि दिएको वक्तव्यले जलवायु परिवर्तनका मुद्दालाई सम्बोधन गर्न नसक्ने बताएका छन्।
विश्वव्यापी रूपमा विनाशकारी प्रभाव पारिरहेको तापक्रम वृद्धिलाई नियन्त्रण गर्ने विषय जी–२० को प्राथमिकतामा नपरेको उनको भनाइ छ।
विश्वअर्थतन्त्र र हरितगृह ग्यास उत्सर्जनको करिब ८५ प्रतिशत हिस्सा ओगट्ने जी–२० को बैठक चीन र रुसका नेताको अनुपस्थितिमा नयाँ दिल्लीमा हुँदैछ।
स्टिएलले शिखर सम्मेलनको पूर्वसन्ध्यामा समाचार संस्था एएफपीसँग कुरा गर्दै समूहका कार्यक्रमहरू जलवायुमा आवश्यक पर्नेभन्दा धेरै कम भएको बताए। “जुन विज्ञप्तिहरू बाहिर आएका छन्, ती अत्यन्त अपर्याप्त छन्, त्यसले धनी देशहरूले सम्बोधन गर्नुपर्ने महत्त्वपूर्ण मुद्दाबारे बोल्दैनन्,” उनले भने। जलवायुका मुख्य मुद्दा वरिपरि अझै पनि छलछाम र अस्पष्टता रहेको उनको दाबी छ।
सम्मेलनमा नेताहरूले नवीकरणीय लगानीमा भारी वृद्धि, विश्वव्यापी वित्तीय सुधार र कमजोर देशका लागि अधिक समर्थनको आह्वान गरेका छन्।
चीनका राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको अनुपस्थितिका कारण विश्वका धनी राष्ट्रहरूले जी–२० को दुई दिने बैठकमा प्रगति गर्ने अपेक्षा कम रहेको एएफपीले जनाएको छ।
गत जुलाईमा सम्पन्न जी–२० का ऊर्जा मन्त्रीको बैठक जीवाश्म इन्धनलाई चरणबद्ध रूपमा बन्द गर्ने रोडम्याप वा सन् २०२५ सम्म उत्सर्जन नियन्त्रण प्रयास उच्च बिन्दुमा पुग्नुपर्ने वैज्ञानिक सहमतिलाई समर्थन गर्न असफल भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
