प्रतिनिधिसभा बैठक बस्दै, ४ मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुने

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला आयोगको १५औँ वार्षिक प्रतिवेदनसमेत पेस गर्ने कार्यसूची छ।

काठमाडौँ– प्रतिनिधिसभा बैठक बिहीबार बस्दै छ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा चार जना मन्त्रीहरूसँग सांसद्ले प्रश्नोत्तर गर्ने कार्यसूची छ। 

संसद् सचिवालयका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने छन्। 

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला आयोगको १५औँ वार्षिक प्रतिवेदनसमेत पेस गर्ने कार्यसूची छ।