सत्ता गठबन्धनका शीर्ष नेताले भरतपुरस्थित गेस्टहाउस चौरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
चितवन– सत्ता गठबन्धनले आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुगेका छन्।
उनी हेलिकप्टरबाट भरतपुर विमानस्थल उत्रिएका हुन्। प्रधानमन्त्री देउवा त्यहाँबाट कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङको निवासमा गएका छन्। गुरुङकी पत्नी शीरमायाको कात्तिक २० गते निधन भएको थियो। समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गुरुङ निवास गएका हुन्।
त्यहाँबाट प्रधानमन्त्री गैँडाकोटका सामाजिक र राजनीतिक व्यक्तित्व स्व.तिलक सापकोटाको निवास पुग्नेछन्। सापकोटाको कात्तिक २३ गते निधन भएको थियो। त्यसपछि भरतपुरस्थित गेस्टहाउस चौरमा हुने सभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम छ।
सभालाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी उपाध्यक्ष केशवलाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीलगायत नेताले सम्बोधन गर्ने माओवादी चितवनका संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
