काठमाडौँ महानगर–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

वडाध्यक्ष रिजालको बिहीबार बिहान ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको महानगरका प्रवक्ता नवीन मानन्धरले पुष्टि गरे।

काठमाडौँ– काठमाडौँ महानगर– १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ। 

वडाध्यक्ष रिजालको बिहीबार बिहान ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको महानगरका प्रवक्ता नवीन मानन्धरले पुष्टि गरे।

“डेंगी संक्रमण भएर पाँच दिनअघि अस्पताल भर्ना हुनुभएको थियो। तर, पछि निमोनिया पनि भएको रहेछ, भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारका क्रममा निधन भएको हो,” उनले भने।

रिजाल गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए। उनी काठमाडौँ क्षेत्र नम्बर ७ का कांग्रेस सभापतिसमेत हुन्।

राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखिएको प्रवक्ता मानन्धरले जानकारी दिए।