सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा

यसअघि भदौ १० गते न्यायाधीश न्यायाधीश प्रेमप्रकाश पण्डितको इजलासले उक्त मुद्दा हेर्न नभ्याउने भनेर पन्छाएको थियो।

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दामा बिहीबार सुनुवाइ हुँदैछ। 

उक्त मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको छ। यसअघि पटक–पटक पेसी चढेर पनि हेर्न नभ्याउनेमा राखिएको मुद्दा पेसी सूचीको १०औँ नम्बरमा परेको छ। 

भदौ १० गते न्यायाधीश न्यायाधीश प्रेमप्रकाश पण्डितको इजलासले उक्त मुद्दा हेर्न नभ्याउने भनेर पन्छाएको थियो।

सन्दीपबाट बलात्कृत भएको भन्दै गौशाला २६ (परिवर्तित नाम)ले उजुरी दिएकी थिइन्।

प्रहरीले २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।