बिरामीको चापलाई ध्यानमा राखेर अस्पताल ७०० शय्याको बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुरोध गरिएको अस्पताललका निर्देशक डा. श्रीप्रसाद अधिकारीले जानकारी दिए।
काठमाडौँ– थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालको स्तरोन्नतिको पर्खाइमा छ। अहिले रहेको ४१५ शैय्याले बिरामीको अत्यधिक चापलाई धान्न सकेको छैन।
बिरामीको चापलाई ध्यानमा राखेर शय्या थपेर ७०० बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुरोध गरिएको अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले जानकारी दिए।
सरकारले निःशुल्क शय्या व्यवस्था गरेपछि अस्पतालमा बिरामीको चाप बढेको हो। “पाठेघरका बिरामीलाई पनि शय्या निःशुल्क गरेपछि बिरामीको संख्या बढेको छ,” उनले भने, “पहिले दिनमा ७० देखि ८० जना भर्ना हुन्थ्यो भने अहिले १०० भन्दा बढी बिरामी भर्ना हुने गरेका छन्।” बिरामीको चाप बढेपछि प्रसूति भएका महिनालाई आठदेखि १० घण्टामा नै घर पठाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
एउटा मात्र भवनमा सबै सेवा दिइरहेको अस्पताल कुपण्डोलमा बनिरहेको १०० शय्याको नयाँ भवनमा सर्ने तयारी गरेको छ। नयाँ अत्याधुनिक छ तले भवनमा चार वटा तलामा उपचार सेवा र दुई तला पार्किङ रहनेछ। नयाँ भवन बनेपछि अस्पतालले प्रसूति बाहेकका सबै सेवा उपलब्ध गराउने तयारी छ। स्त्रीरोग, सुरक्षित गर्भपतन, टेस्ट्युव बेबी र अरू सेवा त्यहीँबाट प्रदान गर्ने अस्पतालका निर्देशक अधिकारीले जानकारी दिए। अस्पतालको भवन छ महिनाभित्र सक्ने गरी काम भइरहेको छ।
उनले प्रसूति बाहेकका सबै सेवा कुपण्डोलमा सारेपछि थापाथलीमा खाली हुने भवनमा प्रसूतिका बिरामीलाई क्याबिनमा राख्न सक्ने, सघन उपचार कक्ष (आईसीयू) र नवजात सघन हेरचाह एकाई (एनआईसीयू)जस्ता सुविधा थप गर्ने योजना रहेको बताए। अस्पतालमा अहिले १० शय्याको (एनआईसीयू) र स्पेशल बेबी केयर युनिट ३० शय्या रहेको छ।
बाहिर अस्पतालमा धेरै महँगो उपचार हुने भएकाले अहिले बिरामीको पहिलो रोजाई प्रसूति अस्पताल बनेको छ। “अन्य अस्पतालमा महँगो उपचार रहेकाले धेरै बिरामीहरू हाम्रै अस्पतालको एनआईसीयूमा उपचार गर्न आउने गर्दछन्,” उनले भने, “जटिल खालका रोगको उपचारका लागि पनि धेरै बिरामी आउने गर्छन्। त्यसैले एनआईसीयू शय्या थप्ने तयारीमा छौँ।”
उनका अनुसार अस्पतालले एक महिनाभित्र थप १० वटा एनआईसीयू शय्या भेन्टिलेटरसहित सञ्चालनमा ल्याउनेछ। थप १० शय्या थप्दा धेरै नवजात शिशुलाई बाहिर अस्पतालमा रेफर गर्नु नपर्ने उनको भनाइ रहेको छ। बाहिर अस्पतालको एनआईसीयू धेरै महँगो रहेको र प्रसूति अस्पतालमा भने एनआईसीयू निःशुल्क रहेको छ।
अस्पतालले बिरामीलाई छिटो सेवा प्रदान गर्नका लागि काउन्टर थप्ने तयारी रहेको छ। बिरामीलाई दुई घण्टाभित्र उपचार गरेर घर फर्कन सकून् भनेर काउन्टर थप गरिएको उनी बताउँछन्। धेरै बिरामीको आउन थालेपछि एउटा पैसा तिर्ने काउन्टर र अर्को टिकटको काउन्टर थपिने भएको छ। यस्तै फार्मेसी पनि दुईवटा काउन्टर थपेर तयारी रहेको छ।
अस्पतालले निःसन्तान परिवारका लागि उपचारका लागि काठमाडौँ आउनुपर्ने झन्झट हटाउन थालेको छ। सरकारले चारवटा आईभीएफ सेन्टर खोल्ने योजनासहित अस्पतालले बिरामीलाई काठमाडौँ आउनुपर्ने अवस्थाको अन्त्य गर्न थालेको हो। सरकारले निःसन्तान परिवारका लागि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी र मधेशमा गरी चारवटा आईभीएफ सेन्टर स्थापना गर्ने तयारी गरेको छ।
आभीएफका लागि चिकित्सक, नर्स र ल्याबटेक्निसियनलाई चारवटै सेन्टरका दुई ब्याचको तालिम दिइसकेको छ। काठमाडौँ आउन झन्झटिलो, खर्चिलो हुने र उपचारमा बस्न पनि लामो समय लाग्ने भएकाले त्यहाँका बिरामीलाई उपचार गर्न स्वास्थ्यकर्मीलाई आईभीएफसम्बन्धी तालिम दिन शुरू गरिसकेको उनले बताए।
अस्पतालले एक वर्षअघि ‘ह्युमन मिल्क बैँक’ (वृहत् स्तनपान व्यवस्थापन केन्द्र) प्रभावकारी देखिएको छ। अहिले दैनिक १० जना आमाहरूले दूध दान गर्ने गरेका छन्। समयभन्दा अगाडि जन्मेका, गम्भीर बिरामी भएका, जन्मिने बित्तिकै रुन नसक्ने हातखुट्टा नै लल्याकलुलुक भएका, आईसीयूमा रहेका, आमाको दूध राम्रोसँग तान्न नसक्ने बच्चालाई मिल्क बैंकमा जम्मा भएको दूध दिने गरिन्छ।
बैंकमा अहिलेसम्म ७४९ आमाबाट ४५६ लिटर आमाको दूध संकलन गरिएको छ। यसमा ४४८.८८ लिटर आमाको दूध निर्मलीकरण गरी ८७३ शिशुलाई ३९९.८९ लिटर खुवाइको बैंकका व्यवस्थापक स्मृति पौडेलले जानकारी दिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
