यसले मानव उत्पत्तिको शुरूआती अवस्थाबारे बुझ्न थप सहयाेग पुग्ने वैज्ञानिकले बताएका छन्।
पुरुषकाे शुक्रकीट र महिलाकाे डिम्बकाे मिलनबाट मानव भ्रूण तयार हुन्छ। वैज्ञानिकहरूले प्रमाणित गरिसकेकाे गर्भावस्थाकाे शुरूआती र प्राकृतिक चरण यही नै हाे।
तर, पछिल्लाे समय वैज्ञानिकहरू कृत्रिम भ्रूण तयार पार्न लागिपरेका छन्। इजरायलका वैज्ञानिकहरूले त सफलता पनि हात पारिसकेका छन्।
हाे, इजरायलको वेजवान इन्स्टिट्युट अफ साइन्सका वैज्ञानिक शुक्रकीट र अण्ड/डिम्बविना नै मानव भ्रूण तयार पार्न सफल भएका हुन्।
वैज्ञानिकहरूले मानव कोशिकाहरू (स्टेम सेल) प्रयोग गरेर तयार पारेको भ्रूणको नयाँ मोडेल किताबमा पढ्दै आएको १४ दिनको मानव भ्रूणजस्तै देखिन्छ। यसले हर्मोन पनि उत्सर्जन गर्न लागेको र गर्भ परीक्षणमा पनि पोजेटिभ देखिएको बीबीसीले जनाएको छ।
कृत्रिम भ्रूण तयार पार्नुकोपछाडि मानव उत्पत्तिको शुरूआती अवस्थाबारे थप र वैधानिकरूपमा बुझ्नु रहेको वैज्ञानिकले बताएका छन्। शुक्रकीटले डिम्बलाई निशेचित गरेपछिको पहिलो हप्तामा नाटकीय परिवर्तन हुन्छ। अस्पष्ट कोशिकाहरूको सञ्जालबाट बिस्तारै शिशुको आकार चिनिन सकिने बन्छ। यो महत्त्वपूर्ण समयमा गर्भपतन तथा शिशुमा गडबडी हुने सम्भावना रहन्छ।
वेजवान इन्स्टिट्युटका प्रोफेसर ज्याकोब हन्ना यसबारे आफूहरूको ज्ञान एकदमै सीमित भएको बताउँछन्। ‘यसलाई ‘ब्ल्याक बक्स’ जस्तै बुझ्न गाह्रो छ,’ उनी भन्छन्।
भ्रूण अनुसन्धान कानूनी, नैतिक एवं प्राविधिक रुपमा जटिल प्रक्रिया हो। तर पछिल्लो समय प्राकृतिक भ्रूणको विकास प्रक्रियाको नक्कल गर्ने क्रम बढीरहेको छ।
तर इजरायली वैज्ञानिकहरूले आफूले तयार पारेको भ्रूणमा शुरूआती सबै विकास प्रक्रिया पूरा भएको दाबी गरेका छन्। प्रोफेसर हन्नाले भनेका छन्, "यो भन्दा पहिले कसैले पनि यति विकसित भ्रूण बनाउन सकेका थिएनन्।"
शुक्रकीट र डिम्बको साटो प्रयाेग गरिएका स्टेम सेलहरूलाई शरीरमा कुनै पनि प्रकारको तन्तु बन्ने क्षमता प्राप्त गर्न पुनर्संरचना गरिएको थियो। मानव भ्रूणको प्रारम्भिक चरणहरूमा पाइने चार प्रकारका कोशिकाहरू बन्नका लागि ती स्टेम सेलसँगै विभिन्न रसायनहरूकाे प्रयोग गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
