नेपालमा कृषि गर्ने जमिन भने घटेको पाइएको छ। नतिजाअनुसार नेपालमा २२ लाख १८ हजार ४१० हेक्टर जमिनमा कृषि गरिएको छ। जुन २०६८ सालमा २५ लाख २५ हजार ६३९ हेक्टर थियो।
काठमाडौँ– नेपालमा जम्मा परिवारमध्ये ६२ प्रतिशत कृषक रहेको पाइएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सातौँ कृषि गणना–२०७८ को तथ्यांक सार्वजनिक गर्दै कृषक परिवारको संख्या बढेको जनाएको हो। नयाँ तथ्यांकअनुसार देशभर ४१ लाख ३० हजार ७८९ परिवार कृषिमा आबद्ध छन्।
जुन कुल परिवार संख्याको ६२ प्रतिशत हो। अघिल्लो गणना–२०६८ मा यस्तो परिवार संख्या ३८ लाख ३१ हजार ९३ थियो।
यस्तै, कृषि गर्ने जमिन भने घटेको पाइएको छ। नतिजाअनुसार नेपालमा २२ लाख १८ हजार ४१० हेक्टर जमिनमा कृषि गरिएको छ। जुन २०६८ सालमा २५ लाख २५ हजार ६३९ हेक्टर थियो।
यसैगरी, १२ लाख नौ हजार २६५ कृषक परिवारले सिँचाइ सुविधा लिएको तथ्यांकले देखाएको छ। जम्मा जग्गामध्ये ५४.५ प्रतिशतले सिँचाइ सुविधा लिएको पाइएको छ।
नेपालमा ४.४ प्रतिशत कृषक परिवारले मात्र कृषि बिमा गरेका छन्। तथ्यांकअनुसार एक लाख ८२ हजार ४४१ परिवारले कृषि बिमा गरेको जनाएका हुन्। त्यसमध्ये ८४.४ प्रतिशतले पशुपालनको बिमा गरेका छन्।
यस्तै, सरकारले कृषिमा दिने गरेको अनुदान ७.५ प्रतिशत परिवारले मात्र पाएको र पाउनेमध्ये ४६.२ प्रतिशतले अनुदान रकम रासायनिक मल खरिदमा प्रयोग गर्ने गरेको पाइएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
