महामन्त्री थापाले प्रधानमनत्री र गृहमन्त्रीले ‘यसलाई छाडिने छैन’ भन्ने जस्ता शब्द प्रयोग गर्ने गरेको उल्लेख गर्दै जिम्मा लिएकाले धेरै बोल्ने नभई काम गरेर देखाउन ध्यानाकर्षणसमेत गराएका छन्।
काठमाडौँ– कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणलाई लिएर गृहमन्त्रीको जवाफ मागेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर थापाले यादवमाथि सांघतिक हमला भएको भन्दै विरोध गरेका हुन्।
“यसलाई थामथुम पार्ने सामसुम पार्न खोजिँदैछ। नेपाली कांग्रेसको तर्फबाट सरकारलाई सचेत पनि गराउन चाहन्छु। सरकारको ध्यानाकर्षण गराउन चाहनछु। या विषयको गहिरो अनुसन्धान भएर, यो घटना कसरी भयो किन भयो सबै पक्षहरुको बारेमा अनुसन्धान होस्,” थापाले भने, “योसँग जोडिएका अन्य सबै पक्षहरू पनि उजागर होस्।”
साथै, महामन्त्री थापाले शान्ति सुरक्षाको विषयमा सरकारको ध्यानाकर्षणसमेत गराएका छन्।
“गृहमन्त्रीलाई सोध्न चाहन्छु, के अब हामीले काठमाडौँमा एक्लै हिँड्न नमिल्ने भएको हो”, उनको प्रश्न थियो, “कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ। हामी एक्लै हिँड्न हुने हो कि नहुने हो?”
साथै महामन्त्री थापाले प्रधानमनत्री र गृहमन्त्रीले ‘यसलाई छाडिने छैन’ भन्ने जस्ता शब्द प्रयोग गर्ने गरेको उल्लेख गर्दै जिम्मा लिएकाले धेरै बोल्ने नभई काम गरेर देखाउन ध्यानाकर्षणसमेत गराए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
